Udayo Mero - Sangita Pradhan
उडायो मेरो - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'
Composer: Suresh Adhikari
Lyricist: Suresh Adhikari

सङ्गीत: सुरेश अधिकारी
शब्द: सुरेश अधिकारी
Lyrics
Nepali
Transliterated
Translated

उडायो मेरो मखमली पछ्यौरी
लौन दिलु लौन फुलु, लौन सान्ननी
मनै लग्यो, होशै लग्यो बाँधु भन्दा नि
यसपालिको सिरसिरे त सारै बैईमानि 
उडायो मेरो मखमली पछ्यौरी

वारी रह्यो पछ्यौरि त पारि पुग्यो मन
कसो गरी फिर्ता ल्याउ भन सङ्गी भन
गाँउमा कुरा काटिन्छन कि पर्न थाल्यो पिर
कस्ले बुझिदेला मलाई जाँउ म कतातिर
उडायो मेरो मखमली पछ्यौरी

त्यही पुरानो रन बन नौलो किन आज
मनै खोली गाउन पनि लाग्न थाल्यो लाज
जिस्काए झै गर्न थाले घंघारुका डाल
खै त मेरो बालपन कहाँ गयो यो साल
उडायो मेरो मखमली पछ्यौरी
लौन दिलु लौन फुलु, लौन सान्ननी
मनै लग्यो, होशै लग्यो बाँधु भन्दा नि
यसपालिको सिरसिरे त सारै बैईमानि 
उडायो मेरो मखमली पछ्यौरी