Udi Jaun Bhane - Shanti Thatal
उडी जाऊँ भने - शान्ति ठटाल
Singer: Shanti Thatal
Composer: Shanti Thatal
Lyricist: Man Bahadur Mukhiya
Original Singer: Aruna Lama

सङ्गीत: शान्ति ठटाल
शब्द: मनबहादुर मुखिया
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated

उडी जाऊ भने, म पन्छी होइन
बसनु हे लै मन छैन

खसमको मोहनी लागेर हो कि
होश मेरो हे लै यहाँ छैन

फुलै-फुल बीच पनि मन मेरो फुल्दैन
लाखौ तारा के गर्नु मैले, त्यहाँ मेरो जून छैन

बिरहको आगो निभाउन खोज्छु
आँसु ले हे लै निभ्दैन

पिरतीको सियो छैन, चित्त फाट्दा सियौं भने। …२
चोट पनि मिठो लाग्छ, मायालुले दियो भने।

बन्दगी मुटु उकास्न फेरी,
आउंछ कि हे लै आउदैन।

खोलाको पानी सिन्दुर टिका,

मेटाउन हे लै सकिदैन।

टाढा छ खशम मेरो, सुन्छ हे लै सुन्दैन।

[ उडी जाऊ भने, म पन्छी होइन।

बसन हे लै मन छैन। ] …२

खसमको मोहनी लगेर हो कि,

होश मेरो हे लै यहाँ छैन।