Yee Aankhamaa - Sangita Pradhan
यी आँखामा - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'

सङ्गीत: नरेन्द्र प्यासी
Lyrics
Nepali
Transliterated

यी आँखामा बारम्बार रंगीन सपना हजार
मुस्काई दिँदा बैंशमा उठी यो तनमा ज्वार
ब्यूँझन्छ मनमा प्यार

आज यो मौसममा गरी अंकमाल
खोलाको छमछममा मिलाई ताल
जूनको सट्टा रम्छन जब बादलका हुल
बरसाई रसको धार

नि रे ग ग ग नि रे म म म
म ध नि सां नि प रे ग प रे रे सा

फुकाई पंख आहा छर्दै पराग
ल्याई उमंग यहा गाउदै राग
मीठो ठट्टा गर्छन जब
चंचल यी फूल घन्काई किनार
यी आँखामा बारम्बार