Yo Deshko Mato - Pema Lama
यो देशको माटो - पेमा लामा
Recorded live during 'Paleti with Pema Lama - November 2006'
Singer: Pema Lama
Composer: Pema Lama
Lyricist: Hari Bhakta Katuwal

सङ्गीत: पेमा लामा
शब्द: हरिभक्त कटुवाल
Lyrics
Nepali
Transliterated
Translated

यो देशको माटोले भन्छ, यो देशको ढुंगाले भन्छ
हाम्रो पनि रातो रगत यहीँ बगेको छ
हाम्रो पनि तातो पसिना यहीँ खसेको छ

हाम्रा गोठाला दाजैले यहीँको बन पाखामा
मनको वह पोखेका छन् सालैज्यूको भाकामा
हाम्री खेताल्नी दिदीले छातीको मायाँ सिँचेर
यहीँको खेत रोपेकी छन् भोक र तिर्खा सहेर
पहाड – पर्वतले भन्छ, खोला र नालाले भन्छ
हाम्रो पनि रातो रगत यहीँ बगेको छ
हाम्रो पनि तातो पसिना यहीँ खसेको छ

हामीलाई निर्धो नसम्झ पहाड कहिल्यै झुक्दैन
छातीमा आँट छँदै छ सागर कहिले सुक्दैन
देशको लागि मरेको घाम र जून साक्षी छ
हामीले के पो गरेनौँ के गर्न अरु बाँकी छ
आकाशले पनि भन्छ, वतासले पनि भन्छ
हाम्रो पनि रातो रगत यहीँ बगेको छ
हाम्रो पनि तातो पसिना यहीँ खसेको छ