Yo Samjhana Pani - Sunita Subba
यो सम्झना पनि - सुनिता सुब्बा
Recorded live during 'Paleti with Sunita Subba - June 2011'
Singer: Sunita Subba
Composer: Shantiram Rai
Lyricist: Shrawan Mukarung

सङ्गीत: शान्तिराम राई
Lyrics
Nepali
Transliterated

यो सम्झना पनि कति नमीठो खालि तिमीलाई सम्झिरहन्छु
दुःख हो सम्झिनु थाहा हुँदाहुँदै म कस्तो मोह अल्झिरहन्छु ...

यो सोझो हिमालले सम्झि बस्दा घामलाई
रातैभरि आकाशले आँसुमा डुबायो
यही माया मोहमा गाउँले पहाडको
दिन छँदै झरीले बासै उठायो
नसम्झु तिमीलाई माया नगरुँ
झनै सम्झनाले बल्झिरहन्छु
दुःख हो ......

यो घुम्ती र पाखा बतासको भाका
सधैं सम्झिनेलाई तिमी कहाँ छैनौ
किन देख्छन् ईश्वले कि देख्छ दुःखले
मैले देखे तिमीलाई जहाँ तिमी छैनौ
नदेखुँ तिमीलाई माया नगरुँ
झनै सम्झनाले देखिरहन्छु
दुःख हो ......