Basa Basa Re - Lekali Pariwar
बस बस रे - लेकाली परिवार
Recorded live during 'Paleti with Ganesh Rashik, Hiranya Bhojpure and Urmila Shrestha: Paleti with Lekali - August 2019'

गायक: लेकाली परिवार
मूल गायन: गणेश राशिक, हिरण्य भोजपुरे, ईन्द्र नारायण
Lyrics
Nepali
Transliterated
Translated

बस बस रे........

केटा—केटीः बसबस रे बसुन्धरा बैनी घ्यू खाने डाडु
पंचै मेरो बाजा घुमाउने टपरी बसीजा......बसीजा...
उठउठ रे उठन्धारा बैनी घ्यु खाने डाडु
पंचै मेरो बाजा घुमाउने टपरी बसीजा ।

बुढो मान्छेः मेरो ओतमा खुशीले खेल्ने
यी भुराहरुलाई थाहा छैन
कसरी म, मेरो उमेर साथसाथै
थोत्रो—थोत्रो भइसकेको छु
मेरो थोत्रोपन साथसाथै
खोक्रो—खोक्रो भैसकेको छु ।

आकाशलाई छुन खोज्ने मेरा अग्लाइहरु
सीमित भैसकेका छन्
क्षितिजलाई नाघ्न खोज्ने मेरा हातहरु
मक्किसकेका छन्
जराभरि धमिराको टोकाइहरु बोकेर
एउटा बुढो रुख जीवनमा जोतिइरहेछ
यी केटा—केटीहरुलाई थाहा छैन
कसरी एउटा बुढो गाइने
स्वरभरि सुर खुस्काएर
उहि पुरानो गीत दोहो्याइरहेछ ।
अब त म, विपनमै पनि
बतासको बाढी आएको देख्छु
आफैलाई आफ्नै छायामा
लडीबडी गरेर लडिरहेको देख्छु
यो साल त झन्
सुख्खा पर्ला जस्तो छ
के गर्नु एउटा बुढो गोरु
आफुभरि चाउरीहरु बोकेर
सकी—नसकी, आफ्नै थोत्रो हलो तानिरहेछ
तानिरहेछ...आफ्नै भुराहरुको सुखको निम्ती
उनीहरुकै स्वरमा स्वर मिलाउन खोज्दै