बस बस रे - Hiranya Bhojpure

बस बस रे play

    बस बस रे........

    केटा—केटीः बसबस रे बसुन्धरा बैनी घ्यू खाने डाडु
    पंचै मेरो बाजा घुमाउने टपरी बसीजा......बसीजा...
    उठउठ रे उठन्धारा बैनी घ्यु खाने डाडु
    पंचै मेरो बाजा घुमाउने टपरी बसीजा ।

    बुढो मान्छेः मेरो ओतमा खुशीले खेल्ने
    यी भुराहरुलाई थाहा छैन
    कसरी म, मेरो उमेर साथसाथै
    थोत्रो—थोत्रो भइसकेको छु
    मेरो थोत्रोपन साथसाथै
    खोक्रो—खोक्रो भैसकेको छु ।

    आकाशलाई छुन खोज्ने मेरा अग्लाइहरु
    सीमित भैसकेका छन्
    क्षितिजलाई नाघ्न खोज्ने मेरा हातहरु
    मक्किसकेका छन्
    जराभरि धमिराको टोकाइहरु बोकेर
    एउटा बुढो रुख जीवनमा जोतिइरहेछ
    यी केटा—केटीहरुलाई थाहा छैन
    कसरी एउटा बुढो गाइने
    स्वरभरि सुर खुस्काएर
    उहि पुरानो गीत दोहो्याइरहेछ ।
    अब त म, विपनमै पनि
    बतासको बाढी आएको देख्छु
    आफैलाई आफ्नै छायामा
    लडीबडी गरेर लडिरहेको देख्छु
    यो साल त झन्
    सुख्खा पर्ला जस्तो छ
    के गर्नु एउटा बुढो गोरु
    आफुभरि चाउरीहरु बोकेर
    सकी—नसकी, आफ्नै थोत्रो हलो तानिरहेछ
    तानिरहेछ...आफ्नै भुराहरुको सुखको निम्ती
    उनीहरुकै स्वरमा स्वर मिलाउन खोज्दै


    Bas bas re........

    Keta—keti basabas re basundhara baini ghyu khane dadu
    panchai mero baja ghumaune tapari basija......Basija...
    uthautha re uthandhara baini ghyu khane dadu
    panchai mero baja ghumaune tapari basija.

    Budho manchhe mero otama khushile khelne
    yi bhuraharulai thaha chhaina
    kasari ma, mero umera sathasathai
    thotro—thotro bhaisakeko chhu
    mero thotropana sathasathai
    khokro—khokro bhaisakeko chhu.

    Aakashlai chhuna khojne mera aglaiharu
    Simit bhaisakeka chhan
    Kshitijlai naghna khojne mera hatharu
    Makkisakeka chhan
    Jarabhari dhamirako tokaiharu bokera
    Euta budho rukh jeevanma jotiirahechha
    Yi keta—ketiharulai thaha chhaina
    Kasari euta budho gaine
    Swarabhari sur khuskaera
    Uhi purano geet dohoyairahechha.
    Aba ta ma, wipanamai pani
    Batasko badhi aaeko dekhchhu
    Aaphailai aaphnai chhayama
    Ladibadi garera ladiraheko dekhchhu
    Yo sal ta jhan
    Sukhkha parla jasto chha
    Ke garnu euta budho goru
    Aaphubhari chauriharu bokera
    Saki—naski, aaphnai thotro halo tanirahechha
    Tanirahechha...Aaphnai bhuraharuko sukhko nimti
    Uniharukai swarma swar milauna khojdai

    केटा-केटीः बसबस रे बसुन्धरा बैनी घ्यू खाने डाडु
    पंचै मेरो बाजा घुमाउने टपरी बसीजा......बसीजा...
    उठउठ रे उठन्धारा बैनी घ्यु खाने डाडु
    पंचै मेरो बाजा घुमाउने टपरी बसीजा ।

    बुढो मान्छेः मेरो ओतमा खुशीले खेल्ने
    यी भुराहरूलाई थाहा छैन
    कसरी म, मेरो उमेर साथसाथै
    थोत्रो-थोत्रो भइसकेको छु
    मेरो थोत्रोपन साथसाथै
    खोक्रो-खोक्रो भैसकेको छु

    आकाशलाई छुन खोज्ने मेरा अग्लाइहरू
    सीमित भैसकेका छन्
    क्षितिजलाई नाघ्न खोज्ने मेरा हातहरू
    मक्किसकेका छन्
    जराभरि धमिराको टोकाइहरू बोकेर
    एउटा बुढो रुख जीवनमा जोतिइरहेछ
    यी केटा—केटीहरूलाई थाहा छैन
    कसरी एउटा बुढो गाइने
    स्वरभरि सुर खुस्काएर
    उहि पुरानो गीत दोहोर्‍याइरहेछ

    अब त म, विपनमै पनि
    बतासको बाढी आएको देख्छु
    आफैलाई आफ्नै छायामा
    लडीबडी गरेर लडिरहेको देख्छु
    यो साल त झन्
    सुख्खा पर्ला जस्तो छ
    के गर्नु एउटा बुढो गोरु
    आफुभरि चाउरीहरू बोकेर
    सकी-नसकी, आफ्नै थोत्रो हलो तानिरहेछ
    तानिरहेछ
    आफ्नै भुर्राहरूको सुखको निम्ती
    उनीहरूकै स्वरमा स्वर मिलाउन खोज्दै

    Paleti is a micro event series dedicated to Nepali Adhunik Sangeet. As of now, Paleti has already received blessings and participations of over 50 senior artists.

    Managed and Produced by

    logo

    Subscribe to Event Notifications