भुल्न सकिन, भुल्न सकिन
तिम्रो मायालाई भुल्न सकिन
तिमी भन्थ्यौ मेरो चिठ्ठी अगेनामा सल्काइदिनू
डढेको खरानीलाई पूmलको फेदमा राखिदिनू
प्रत्येक बिहान घामसँगै पूmल भएर म फुल्नेछु
त्यही पूmलको मुस्कानलाई आफ्नो ओठमा सारिदिनू
मैले सकिनँ, मैले सकिनँ
चिठ्ठीहरू सल्काउन मैले सकिन
वर्षौंपछि तिम्रो हाम्रो त्यही ठाउँमा भेट भयो
कहिले रुँदै हाँस्दै जाडोको रात त्यसै गयो
अगेनामा चिठ्ठीहरू दनदनी जल्दै थियो
आशंका र डरको आगो मनभित्र निभ्दै गयो
भुल्न सकिनँ, भुल्न सकिनँ