चिरबिर गर्ने चरीको स्वरले बिहान बिउँझिदा
सरसर बग्ने चिसो हावाले पालुवा बिउँझिदा
सुसुल्दै कोही आएनी हुन्थ्यो पहरा रसाउन
सुतेका आली बारीका डिल झक्झकाई बिउँझाउन
लरक्क भई इन्द्रेणी लाग्छ रङ्ग त्यसको खुल्दैन
गमक्क भई पूmलहरू फुल्छन् बासना चल्दैन
सुसेल्दै कोही आएनी हुन्थ्यो घामझैँ मुस्काउन
बाँचेर पनि मरेका आत्मा छोएर बिउँझाउन
सपनाहरू देखिन्छन् धेरै बिपना भेटिन्न
आउँछन् धेरै आउनेहरू ऊ चाहि आउन्न
सुसुल्दै कोही आएनी हुन्थ्यो प्रिय झैँ झस्काउन
दुखिरहेको घाउहरूमा मलम लगाउन