Galat Modmaa Jaba - Premdhoj Pradhan
गलत मोडमा जब - प्रेमध्वज प्रधान
Recorded live during 'Paleti with Premdhoj Pradhan - January 2008'
Lyrics
Nepali
Transliterated
Translated

गलत मोडमा जब मोडिन्छ जिन्दगी
आफूदेखि आफ्नै तोडिन्छ जिन्दगी
गलत मोडमा जब मोडिन्छ जिन्दगी

बाटो हो कि कुबाटो अन्धोलाई के मतलब
आँखै हुनेको पनि ठोकिन्छ जिन्दगी
गलत मोडमा जब मोडिन्छ जिन्दगी

ढुङ्गाको चोटलाई ऐनाले सहनु पर्छ
कमजोरीले नै यसरी टुक्रिन्छ जिन्दगी
गलत मोडमा जब मोडिन्छ जिन्दगी

लेखिन्छ बालुवमा पानिमा लेखिँदैन
एउटै लहरले तर मेटिन्छ जिन्दगी
गलत मोडमा जब मोडिन्छ जिन्दगी