Jalera Kharani Bhai Jancha - Meena Niraula, Balaram Samal
जलेर खरानी भई जान्छ - मीना निरौला, बलराम समाल
Recorded live during 'Paleti with Karma Yonjan - January 2010'
Singer: Meena Niraula, Balaram Samal
Composer: Karma Yonjan
Lyricist: Jas Yonjan Pyasi
Original Singer: Pema Lama

गायक: मीना निरौला, बलराम समाल
सङ्गीत: कर्म योञ्जन
शब्द: जस योञ्जन प्यासी
मूल गायन: पेमा लामा
Lyrics
Nepali
Transliterated

जलेर खरानी भई जान्छ, जोगीले लाएको त्यो धुनी
धुनीको खरानी जस्तै हो मनुखेको यो जुनी

फूल फुले जस्तै फुलेर जोबन बिताउँ हाँसेर
मायापिरती साटेर, मनाउँ खुसी नाचेर
ल है नाना लौ आङा हातहात कुमकुम दॉजेर
ताधिङ लाऊ ना धिङ लाऊ
स्याउस्याउलाले ट्यापट्याप लाऊ... ज्यो ज्यो

रणमा परेको लाहुरे फर्केर आउँछ आउँदैन
मरेपछि मान्छेले यो चोला पाउँछ पाउँदैन
ल है च्याङ्बा लौ थेवा बारुले कम्मर भाँचेर
ताधिङ लाऊ ना धिङ लाऊ
स्याउस्याउलाले हुरहुर लाऊ... आस्याङ