Jalera Kharani Bhai Jancha - Pema Lama
जलेर खरानी भई जान्छ - पेमा लामा
Recorded live during 'Paleti with Pema Lama - November 2006'
Singer: Pema Lama
Composer: Karma Yonjan
Lyricist: Jas Yonjan Pyasi

सङ्गीत: कर्म योञ्जन
शब्द: जस योञ्जन प्यासी
Lyrics
Nepali
Transliterated

जलेर खरानी भई जान्छ, जोगीले लाएको त्यो धुनी
धुनीको खरानी जस्तै हो मनुखेको यो जुनी

फूल फुले जस्तै फुलेर जोबन बिताउँ हाँसेर
मायापिरती साटेर, मनाउँ खुसी नाचेर
ल है नाना लौ आङा हातहात कुमकुम दॉजेर
ताधिङ लाऊ ना धिङ लाऊ
स्याउस्याउलाले ट्यापट्याप लाऊ... ज्यो ज्यो

रणमा परेको लाहुरे फर्केर आउँछ आउँदैन
मरेपछि मान्छेले यो चोला पाउँछ पाउँदैन
ल है च्याङ्बा लौ थेवा बारुले कम्मर भाँचेर
ताधिङ लाऊ ना धिङ लाऊ
स्याउस्याउलाले हुरहुर लाऊ... आस्याङ