Jeevanko Baato - Dawa Gyalmo, Ramesh Gurung
जीवनको बाटो - दावा ग्याल्मो, रमेश गुरुङ
Recorded live during 'Paleti with Dawa Gyalmo - September 2006'
Singer: Dawa Gyalmo, Ramesh Gurung
Composer: Karma Yonjan
Lyricist: Karma Yonjan
Original Singer: Kumar Subba

गायक: दावा ग्याल्मो, रमेश गुरुङ
सङ्गीत: कर्म योञ्जन
मूल गायन: कुमार सुब्बा
Lyrics
Nepali
Transliterated

युवती- जीवनको त्यो बाटोले कहिले कहाँ कहिले कहाँ
कता लाने हो; कता जाने हो
युवक- नछेक त्यो आँसुले आज यहाँ भोलि उहाँ
कता जाने हो; म त जाने हो
दुबै- जीवनको...

युवक- यो आँसु यो हाँसो सधैँ नै कहाँ पो हो
आज रोइदेऊ भोलि हाँस्नलाई
आज छुटिदेऊ भोलि मिल्नलाई
दुबै- जीवनको...

युवती- जीवनदेखि हार खाए पनि
बाँच्न नै पर्दछ जीवन सम्झी
माया नतोड बिछोड सम्झी
बाँच्न नछोड मृत्युलाई सम्झी
युवक- नछेक त्यो आँसुले आज यहाँ भोलि उहाँ
कता जाने हो; म त जाने हो
युवती- जीवनको त्यो बाटोले कहिले कहाँ कहिले कहाँ
कता लाने हो; कता जाने हो
दुबै- जीवनको...