काफल पाक्यो - Meena Niraula, Urmila Shrestha
Lyrics
Nepali
Transliterated

रनवन घुमी, वनवन डुली
काफल पाक्यो, काफल पाक्यो
बोल्छ चरीले, काफल पाक्यो........काफल पाक्यो

एकलास वनमा कठै
साथी डाकी हिंड्थेँ
गोगन र ऐंसेलुको डाली चाली हिंड्थेँ
पानी परेमा रुझी रुझी गाइ गाइ हिंड्थेँ
काफल पाक्यो.......काफल पाक्यो....बोल्छ चरीले

उसको गीत कतिपटक
पहराले सुन्यो
उसको गीत कतिपटक
छहराले सुन्यो
के थाहा उसलाई उसको साथी
कुन देशमाथी उडी—उडी गाउँछे
काफल पाक्यो..........काफल पाक्यो बोल्छ चरीले
रचनाः गणेश रसिक