Malai Launa Mana - Angela Singh Shrestha
मलाई लाउन मन - एन्जला सिंह श्रेष्ठ
Singer: Angela Singh Shrestha
Composer: Ashok Rai
Original Singer: Dawa Gyalmo

गायक: एन्जला सिंह श्रेष्ठ
सङ्गीत: अशोक राई
मूल गायन: दावा ग्याल्मो
Lyrics
Nepali
Transliterated

मलाई लाउन मन लाग्यो आमा, सुनको चोली
सुन सुत बादल बुन किरण तानको मोली
गाजल बनाऊ अँध्याराका आकाश यात्रा चोरी
काइँयोको फूलले मेरो कोमल कपाल कोरी

संसारको उल्झनले चुल्ठो बाटी देऊ
कल्की फूलको कोमल सिउर पाको चढाई देऊ
पहाडको मधुर कलकल मोती हीरा छर्छ
सोही सिताराको झलझल मलाई मन पर्छ

पहाडको नीलो मसी दिलको मसी दानी
प्रेरणाको कलमले दिनको पाना छानी
अक्षरका बुट्टा काटी आँखा उसमा पारी
लेख्छु आमा सुन्दरको सुन्दर त्यो बानी