Mayalule Samjhe ki - Dawa Gyalmo
मायालुले सम्झे कि - दावा ग्याल्मो
Recorded live during 'Paleti with Dawa Gyalmo - September 2006'
Singer: Dawa Gyalmo
Composer: Shanti Thatal
Lyricist: Shashi Thatal
Original Singer: Daisy Baraili

सङ्गीत: शान्ति ठटाल
शब्द: शशी ठटाल
मूल गायन: डेजी बराइली
Lyrics
Nepali
Transliterated

मायालुले, सम्झे कि कसो
बाडुली लाग्यो नि, लाग्यो नि, लौ मलाई
मायाँको बन्धनले जीवन उज्यालो यो
मायालुले

खोज्छन् आँखा मेरा, टाढा जब हुन्छन् उनि
छेउ आई हाँसिदिँदा बढ्छ मुटुको ढुक्ढुकी
सपनाको संसारलाई कल्पनाले ढाक्यो
मायालुले, सम्झे कि कसो
बाडुली लाग्यो नि, लाग्यो नि, लौ मलाई
मायाको बन्धनले जीवन उज्यालो यो
मायालुले

बोल्छन् आँखा मेरा फुट्दैन बोली भने
जुनेली रात पनि उनी बिना छ अन्धेरी
हिंडेको बाटो पनि आज नौलो लाग्यो
मायालुले, सम्झे कि कसो
बाडुली लाग्यो नि, लाग्यो नि, लौ मलाई
मायाको बन्धनले जीवन उज्यालो यो
मायालुले, सम्झे कि कसो
बाडुली लाग्यो नि, लाग्यो नि, लौ मलाई
मायाको बन्धनले जीवन उज्यालो यो
मायालुले