Mero Sano Muralimaa - Kumar Subba
मेरो सानो मुरलीमा - कुमार सुब्बा
Lyrics
Nepali
Transliterated
Translated

मेरो सानो मुरलीमा मेरो देश नअट्ला
तर मेरो मुरलीले भाखा राखूँ भन्छ
मेरो सानो मुटुभित्र मेरो देश नअट्ला
तर मेरो दश औँलीले देशै ढाकूँ भन्छ

सुनाखरी फुलूँ भन्छ सुनगाभा फुलूँ भन्छ
गुराँसको जोबन मेरो लालुपाते हाँसूँ भन्छ
वेणी र त्रिवेणी देशसँग मिलूँ भन्छ

बादलुले उडूँ भन्छ पखेरामा गुडूँ भन्छ
आकाशले अडूँ भन्दा पर्वतले बढूँ भन्छ
डाँफेचरी माथिमाथि हिमालमा चढूँ भन्छ