Rato Bhale - Ganesh Rashik
रातो भाले - गणेश राशिक
Recorded live during 'Paleti with Ganesh Rashik - August 2006'
Lyrics
Nepali
Transliterated

रातो भाले क्वाँएँ क्वाँएँ
सुत्केरीलाई ख्वाएँ
सुत्केरीको नाम गरी
टाउको मैले खाएँ
ए होइन मैले ढाँटेको
सत्य सत्य धरोधर्म
झुटो कुरो छैन बोलेको

पोहोर साल छोरो पाई
हाँडीभन्दा कालो
यसपालाको छोरो चैने
हाकिम हुने पालो
अर्को साल छोरो पढे
लाहुर पठाइ दिउँला
राम्री छोरी पाई भने
ज्वाइँका घर दिउँला
कुखुरी काँ
कुखुरी काँ
रातो भाले क्वाँएँ क्वाँएँ
सुत्केरीलाई ख्वाएँ
सुत्केरीको नाम गरी
टाउको मैले खाएँ
ए होइन मैले ढाँटेको
सत्य सत्य धरोधर्म
झुटो कुरो छैन बोलेको
कुखुरी काँ
कुखुरी काँ

छाराछोरी ठूला होलान्
ठूलै भाग्य खोज्लान्
समयमै मिल्दो जोडी
आफैँले नै रोज्लान्
गाउँले राखी सबै भाइको
अंश गरी दिउँला
बूढाबूढी कुम्लो बोकी
तीर्थ हिंडिदिउँला
कुखुरी काँ
कुखुरी काँ
रातो भाले क्वाँएँ क्वाँएँ
सुत्केरीलाई ख्वाएँ
सुत्केरीको नाम गरी
टाउको मैले खाएँ
ए होइन मैले ढाँटेको
सत्य सत्य धरोधर्म
झुटो कुरो छैन बोलेको
कुखुरी काँ
कुखुरी काँ