Timro Mero Jindagani - Bhim Birag
तिम्रो मेरो जिन्दगानी - भिम विराग
Recorded live during 'Paleti with Bhim Birag - February 2006'
Lyrics
Nepali
Transliterated

तिम्रो मेरो जिन्दगानी आँखाभरि पानी
मुटुभरि घाउ घाउ घाइते जवानी

खोला वारी खोला पारि बाँची रै’छौं हामी
जता खोला उतैतिर लागी रै’छौं हामी
सँगै हिंडी रहेका छौं बिना चिनाजानी

भिरालोमा फुली दियौ टिप्नै सकिएन
तिमी बिना मर्न बाँच्न पनि सकिएन
माया गर्नु पनि हुँदो रै’छ नादानी
आकासमा बादल रुन्छ छायाँ धरतीमा
यस्तो पनि हुँदो रै’छ माया पिरतीमा
ईश्वरले पनि गर्दो रै’छ बेइमानी