About Welcome to the 18th volume of Paleti Series!
The theme of ‘love’ has remained central to the Nepali Adhunik genre. Songs are diverse in their subject however music critics around the world seem to agree that love songs somehow manage to remain evergreen. Even in Paleti archive a majority of the songs are oriented towards the theme of love. In this volume as with previous ones, love has found a generous space.
Phatteman, Prakash Gurung, Meera Rana, Pawan Gole and Sunita Subba’s voice are included in this series. Paleti talents Suraj and Meena along with Angela Singh and Sheela Bista have delivered their best vocal craft in the old hits, with love of course…
We are also happy to express our love to you through Paleti. And so let us continue to spread feelings of love and harmony in our hearts inspired from these love songs and keep listening to them, with love!
बारेमा नेपाली आधुनिक संगीतको मूल विषयबस्तु प्रेम नै हुने गरेको छ । गीतहरू विविध विषयमा बन्ने गर्छन् तर संसारभरका अधिकांश संगीत समालोचकहरू प्रेमगीत नै सदाबाहर हुन्छन् भन्ने मान्यताको निकट पाइन्छन् । पलेँटीको अभिलेखालयलाई अवलोकन गर्दा पनि धेरै गीतको विषय प्रेममै केन्द्रित छन् । त्यसैले अघिल्ला धेरै सँग्रहमा झैँ यसपाली पनि प्रेमगीतले नै स्थान पाएका छन् ।
यस सँग्रहमा गीतका मूल गायकहरू फत्तेमान, प्रकाश गुरुङ, मीरा राणा, पवन गोले र सुनिता सुब्बाका आवाज समेटिएका छन् । साथै पलेँटी–प्रतिभा सुरज र मीनाका साथै एन्जेला सिंह, शिला विष्टले स्थापित गीतमा प्रेमर्पूवक आफ्नो स्वरसिल्प प्रयोग गरेका छन् ।
पलेँटीर्माफत् तपाईंहरूसामु प्रेम प्रकट गर्न पाएकोमा हामी खुसी छौं । प्रेममय संगीतको सहायताले सबैका हृदयमा प्रेमभाव फैलाउन मदत पुर्याउँ र प्रेमपूर्वक संगीत सुनौं !
Quotes‘पलेँटीले दार्जिलिङ र नेपालको पुरानो सांगीतिक सहकार्यलाई नयाँ तरिकाले जोड्ने चेष्टा गरेको छ । यसले नेपाली संगीत र भाषाको आँगनको फैलावटमा बल पुगेको महशुस हुन्छ ।’ .... पवन गोले