बारेमा नेपाली आधुनिक गीत, संगीतमा गायिकाहरूको कलाकारिताले निरन्तरता पाउन निकै कठिन छ । तर, हाम्रो यो सामाजिक यथार्थमा पनि केही गायिकाले भने आफूलाई कुशलतापूर्वक अघि बढाएका छन् । कुन्ती मोक्तान तिनैमध्येकी लोकप्रिय कण्ठशिल्पी हुन् । उनको गायकीमा पहाडी लोकभाका र शास्त्रीयता दुवै शैलीको मिश्रण पाइन्छ । पलेँटीले नेपाली आधुनिक गीतको अभिलेखालय तयार गर्ने क्रममा कुन्तीसँग पनि सहकार्य गर्ने अवसर पायो । त्यही सहकार्यका बेला रेकर्ड भएका गीतहरू यस संग्रहमा सँगालिएका छन् ।
पलेँटीको ध्येय कलाकारको संघर्षशील निरन्तरतालाई सम्मान गर्दै कलाकार र श्रोताको सामीप्यता अझै निकट बनाउनु पनि हो । आउनुहोस् हाम्रा भाकासितको निकतालाई अझै प्रगाढ बनाऔं ।